कर्मचारी छनोट समयसापेक्ष हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।  आज लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताए ।  उनले जनताको…