काठमाडौँ, ३ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ‘एमालेभित्र अब के हुन्छ’ भनेर शंका गर्नेहरूप्रति लक्षित गर्दै पार्टीमा कुनै पनि प्रकारको विग्रह हुन नदिने बताएका हुन् । ‘एमालेले अहिले केही नोक्सानी सहनुपरेको…