काठमाडौँ, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाहलाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिनका लागि आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै शाहीले बालेन शाहको आगमनसँगै देशमा नयाँ आशा पलाएको बताए । उनले भ्रष्टाचारविरुद्धको लडाइँमा आफूले भोगेको पीडा र संर्घष स्मरण…