राष्ट्रिय सभाद्वारा दुई विधेयक स्वीकृत

काठमाडौँ, ८ असोज । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रियसभामा पठाइएको आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भनी अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफलका लागि यही असोज ११ गतेको समय…