काठमाडौँ, १३ माघ । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार उठेका छन् ।