‘राष्ट्रका लागि २ घण्टा’ अभियानले वातावरणसँगै ‘शिक्षा र स्वास्थ्य’ काम गर्ने

भक्तपुर, ३० साउन । ‘राष्ट्रका लागि २ घण्टा’ अभियान अब केवल सडक सफाइ, फोहोर व्यवस्थापन वा वृक्षारोपणमा सीमित नरही वातावरणीय स्वास्थ्य, स्वस्थ जीवनशैली, व्यवहार परिवर्तन र जिम्मेवार नागरिक निर्माणको अभियानका रूपमा विस्तार गर्ने भएको छ । राष्ट्रका लागि २ घण्टा अभियान प्रवर्द्धन केन्द्र नेपालको आयोजनामा शुक्रबार मध्यपुर थिमी–५, राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यशाला गोष्ठी…