पोखरा, ३२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले नेपाली जनताले तिरेको करबाट राज्यको सेवा सुविधा खाएका जनप्रतिनिधिले भारतको गीत गाउने कार्य तत्काल बन्द गर्नुपर्ने बताउनुभएको छ । लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटीएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा…