प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिती सामान्य : अध्यक्ष प्रचण्ड अस्पतालमा

काठमाडौँ, ११  मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगी जानकारी लिनु भएको छ । महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर जानकारी लिनुभएको हो । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार भई वर्तमान अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ…