९६१ स्थानमा सीमा अतिक्रमण

काठमाडौँ, २८ कार्तिक । नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका ९६१ स्थानमा सीमा अतिक्रमण भएको देखिएको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९६१ स्थान सीमा विवाद रहेको उल्लेख छ । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले हरेक महीना सीमाा क्षेत्रको अतिक्रमण, विवाद र त्यहाँ बनेका घरटहराका विषयमा विवरण पठाउने गर्छ…