जनआन्दोलन दिवस : गणेशमानलाई सम्झिँदै ‘डेमोक्र्याटिक वाकाथन’

काठमाडौँ, २६ चैत । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा ‘डेमोक्र्याटिक वाकाथन’ नामक  पदयात्रा गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएर विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए…