काठमाडौँ, २२ चैत । दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्र पारित भएको छ । काठमाण्डौमा बुधबारदेखि आजसम्म चलेको राष्ट्रिय विकास परिषदको बैठकले आधारपत्र पारित गरेको हो । आयोगले तयार पारेको आर्थिक वर्ष ०७६र०७७ देखि ०८०र०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो । आधारपत्रको मस्यौदामा मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिव, महानगरपालिकाका…