विराटनगर१२,फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनले मात्रै जनताका अधिकार स्थापित गर्ने भएकाले घोषित स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, “जस्तोसुकै परिस्थिति सिर्जना भए पनि निर्वाचन रोकिँदैन ।” झण्डै दुई दशकदेखि स्थानीय निर्वाचन नहुँदा भ्रष्टाचार मौलाएको बताउँदै खनालले निर्वाचन जनताले…