ताजा जनादेशको विकल्प छैन : देवराज घिमिरे

काठमाडौँ, २९ पौष । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ताजा जनादेशको विकल्प नभएको बताएका छन् ।  आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरेर उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।  ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताए ।…