काठमाडौँ, २९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्डविपरीत फोहोर पानी सिधै नदीमा विसर्जन गरी प्रदूषण फैलाएको भन्दै कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदी र खोलामा मिसाइएको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासो र उजुरी प्राप्त…