लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त छैन : सांसद अर्याल

काठमाडौँ, २८ जेठ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले मुलुकमा विकराल बन्दै गएको लागुऔषध दुर्व्यसनीको समस्या नियन्त्रणका लागि केवल कानुनी कारबाही र पक्राउ मात्र पर्याप्त नभएको बताएकी छन्।  आज बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो समस्या समाधानका लागि व्यापक जनचेतना र पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा विशेष जोड दिइन्। उनले…