सुनसरी, २१ मंसिर । आफ्नो ‘मनमौजी’ कार्यशैलीका विषयमा समाचार लेख्ने पत्रकारलाई फेसबुकमार्फत धम्की दिएर आलोचना खेपिरहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ प्रहरी र अदालतविरुद्ध पनि खनिएका छन् । धरानमा बिहीबार पत्रकार सम्मेलन गरेर उनले पत्रकारलाई दिएको धम्कीको बचाउ गर्दै आफूले बेथिति अन्त्य गर्न खोज्दा प्रहरी र अदालतको साथ नपाएको बताएका छन् । पत्रकार गोपाल दाहालले खोज पत्रकारिता…