काठमाडौँ, १४ चैत । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् ।