काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखाङ्कन तथा उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास भइरहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठका अनुसार साइटको अवस्थाबारे जानकारी संकलन तथा उद्धारका लागि सुरुदेखि नै निरन्तर खटिँदै आएका बिनु कुमार बरालसहितको…