काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन् । नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’ मा उनले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गरेको उल्लेख गरेका हुन् । उनले…