धादिङ, ३० चैत । ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ । आज ज्वालामुखी गाउँपालिका-४ ढोलामा विशेष कार्यक्रमसहित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गरे । मौलिक हक र सरसफाइसम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ पालिकाका रूपमा घोषणा गरेको हो…