भदौ २४ गतेको विध्वंश राष्ट्रको अस्तित्वमाथि नै हमला : अध्यक्ष दाहाल

काठमाडौँ, २६ माघ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भदौ २३ को आन्दोलन भ्रष्टाचार विरुद्ध भए पनि २४ गतेको विध्वंश स्वाभाविक नभई राष्ट्रको अस्तित्वमाथि नै हमला भएको बताएका छन् । क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य अराजकतामा नभई विश्वास र सुधारमा मात्र सुरक्षित रहेको बताएका हुन्…