महोत्तरी, १७ पौष । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस महोत्तरीका…