काठमाडौँ, १६ पौष । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगको सातौं बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने भ्रमणमा बिहीबार नेपाल आउने तय भएको छ । परराष्ट्रमन्त्रीस्तरीय आयोग दुई मुलुकबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो । प्रधानमन्त्रीको तहपछि नेपाल–भारतबीचको सबैभन्दा महत्त्वपूर्ण बैठकका रूपमा आयोगको बैठकलाई मानिन्छ । बैठकको तयारीका लागि परराष्ट्र मन्त्रालयको…