अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण

काठमाडौँ, २४ असोज । अमेरिकामा अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको शनिबार संक्रमित संख्या झन् बढेको वर्ल्डोमिटर्सले जनाएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ९७१ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख ९३ हजार ८९१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५० लाख ५९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।…