एजेन्सी, १ जेठ । अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ । पाक्तीया प्रहरी मुख्यालयका प्रमुख लुटफुल्लाह कमरानले उक्त गोलीकाण्डबाट मारिनेहरुमा एक जना प्रहरी अधिकृत सहित अरु चार जना सर्वसाधारण रहेको जानकारी दिए । कमरानका अनुसार उक्त गोलीकाण्ड बुधबार अपराह्न भएको थियो । कुनै पनि…