काठमाडौँ, २ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण ३.६ कोरोड मानिस बेरोजगार भएका छन् । बीबीसीका अनुसार कोरोना संक्रमणका कारण व्यापार व्यवसाय तथा उद्योग कलकारखाना बन्द हुँदा ३.६ करोड मानिसले रोजगारी गुमाउनु परेको हो । अघिल्लो हप्ता अमेरिकामा रोजगारी गुमाउनेको संख्या ३.३ करोड थियो ।