एजेन्सी, २८ फागुन । पाकिस्तानमा बुधबार एउटा लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै अभ्यास गरिरहेको समयमा पाकिस्तानी वायुसेनाको ‘एफ–१६’ जेट बुधबार आसन्न सैन्य परेडका लागि अभ्यास गर्ने क्रममा दुर्घटना भएको हो । पाकिस्तानका राष्ट्रपति अफिफ अल्वीले उक्त दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले मृतक पाइलटको परिवारजनप्रति समवेदनासमेत…