हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

एजेन्सी, ५  मंसिर । अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटना नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ  ।  हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत…