अबुधाबीको इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन प्रहार

एजेन्सी, १९ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीस्थित एक इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन आक्रमण भएको छ । मुसाफाह इन्धन ट्याङ्क टर्मिनललाई लक्षित गरी भएको सो ड्रोन प्रहारका कारण आगलागी भए पनि स्थिति तत्काल नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन् । अबुधाबी मिडिया अफिसले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, सुरक्षा निकायहरूले ड्रोन आक्रमणबाट उत्पन्न आगलागीलाई तुरुन्तै…