नेपाल र चीनमा आएको बाढीप्रति राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । महासचिवका प्रवक्ता स्टेफेन दुजारिकद्वारा जारी विज्ञप्तिअनुसार, गुटेरेसले बाढीका कारण धेरै मानिसले ज्यान गुमाएको, कैयौँ बेपत्ता भएको र व्यापक विनाश भएको घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले ज्यान गुमाउनेका परिवारप्रति हार्दिक…