काठमाडौँ, २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी छन् । उनले आज राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् । बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन्…