अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण

वासिङ्टन, २० माघ ।  जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । एबीसी न्यूजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “जोर्डनस्थित अमेरिकी सैन्य शिबिरमा आइतबार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकूविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ ।” अमेरिकी समाचार…