भारतमा ‘भारत’ लेख्दा विवाद

एजेन्सी, १९ भदौ । जी–२० शिखर सम्मेलनको अवरमा भारतीय राष्ट्रपतिको तर्फबाट दिइने रात्रिभोजका लागि छापिने कथित निमन्त्रणा पत्रलाई लिएर विवाद भएको छ । राष्ट्रपतिको तर्फबाट पठाइएको निमन्त्रणा पत्रमा कथित रूपमा ‘भारत’ को अङ्ग्रेजी नाम ‘इन्डिया’ को प्रयोग नगर्दा विवाद भएको हो । कांग्रेसले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा लेखेको छ, ‘जी–२० सम्मेलनका लागि राष्ट्रपतिद्वारा पाहुनाहरूलाई पठाइएको…