नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई दोषी ठहर गर्दै कक्रोच जनता पार्टीको आह्वानमा जन्तर-मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो । प्रधान स्वयंले सोसल मिडियामा पत्र सेयर गर्दै आफ्नो राजीनामाको जानकारी दिएका हुन् । प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीका दीपकेले प्रतिक्रिया…