एजेन्सी, २५ फागुन । युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले आउँदो अप्रिलदेखि मासिक १० करोड डोज खोप पाउने भएका छन् । युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डर लेयनकाअनुसार सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको हो । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको उहाँको भनाइ छ ।…