राजनीति

सांसद खातुनको निधन



रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन मधेस प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बृद्धा खातुनको बुधबार राति वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।