काठमाडौँ, ३० कार्तिक । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित टपरा अर्नमा घाटमा रहेको पूजास्थल तोडफोडमा संलग्न सोही ठाउँका १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई नियन्त्रणमा लिएको हो ।
भक्तजनहरू साँझको अर्घ्य दिएर घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको थियो । घटनामा संलग्न दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
तोडफोडबाट क्षति पुगेको पूजास्थललाई स्थानीय प्रशासन र प्रहरीको पहलमा तत्काल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइसकिएको छ ।










प्रतिक्रिया दिनुहोस्