काठमाडौँ, ३० कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।
जुवाखालबाट प्रहरीले नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक तास पनि बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको छ ।
यसअघि यही कात्तिक २८ गते पनि दाङको घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेका ९ जना र घोराही उपमहानगरपालिका १५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्