समाचार

अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौँ, ३० कार्तिक । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । अटोमा चालकसहित ४/५ जना सवार रहेको बुझिएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा ४ जनाको टोली खटिएको थियो । घटनास्थलको बीच भिरमा तीन जनाको शव फेला परेको छ ।

मृत्यु हुनेमा:

१.जिल्ला बझाङ, बुङ्गल नगरपालिका–१० बस्ने अन्दाजी ३५/४० वर्षीया राजमति महरा।

२.ऐ.ऐ. बस्ने अन्दाजी १५/१६ वर्षीया तारा महरा।

३.ऐ.ऐ. बस्ने अन्दाजी ५/६ वर्षीया डल्ली महरा।

अटो तथा अन्य सवार व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।