समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, ३० कार्तिक । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाईतमा श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको प्र.०२-००४ प २०४६ नम्बरको मोटरसाइकलको ठक्करबाट मिथिला बिहारी नगरपालिका-९ कटरेजका २६ वर्षीय प्रशान्त कुमार यादवको मृत्यु भएको हो ।

उनको आइतबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।