सकुशल भेटिए स्कुलबाटै अपहरणमा परेका बालक

काठमाडौं, १७ साउन । असनको सुरतश्री महाविहार संरक्षण समितिको चोकमा मान्छेको भीड थियो । साँझ साँढे सात बजे टोलभरिका मान्छे भेला भए । भीडमा उल्लास छायो जब साढे ५ वर्षे बालकलाई काखमा लिएर एक पुरूष भित्र छिरे । गत बिहीबार स्कुलबाटै अपरहणमा परेका हार्डवेयर व्यापारी अजय र निर्मला चौधरीका छोरा विशाल चौधरी सकुशल भेटिएको खुशीमा…