जनकपुरमा ४ दिन विद्यालय बन्द

काठमाडौँ, १३ पौष । जनकपुरधाम उमहानगरपालिकाले चिसो बढेपछि आइतबारदेखि थप ४ दिन विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाले सूचना जारी गरेर आइतबारदेखि पुस १६ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो । सरकारी तथा सामुदायिक सबै विद्यालयमा बिदा दिइएको छ ।