काठमाडौँ, ३१ असोज । दिनेश राउत निर्देशित फिल्म तिहार छेकोमा युट्युबमा रिलिज भएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ । फिल्ममा प्रदीप खड्काका साथमा दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । विकास सुवेदीको पटकथा रहेको फिल्ममा महेन्द्र अधिकारीले लगानी गरेका छन् । https://www.youtube.com/watch?v=RbjsbBArM04