लायन्स क्लब अफ काठमाडौँ स्प्रीचुअलद्वारा ३३ पाउण्ड रगत संकलन

काठमाडौँ, १ असार । मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय आइतबार 'मानवीय सेवा' को केन्द्र बन्यो । २२ औं विश्व रक्तदाता दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुअलले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ पाउण्ड रगत संकलन भएको छ । ‘मानवताको एक थोपा, रक्तदान गरौं जीवन बचाऔं’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक उपस्थिति…