काठमाडौँ, ८ बैशाख । उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–३, सातपत्रेमा गएराति जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा बेलका–३, सातपत्रेका २७ वर्षीय रोमन बस्नेतको मृत्यु भएको हो । प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सातपत्रेबाट रामपुर बजारतिर जाँदै गरेको बस्नेतलाई सातपत्रे नजिकै चौदण्डीगढी नगरपालिकाको…