गुल्मीमा अब सातामा चार पटक हवाइ उडान

काठमाडौँ, २७ कार्तिक । गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको हो । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै…