कपिलवस्तुमा विवाद नटुङ्गिएसम्म निषेधाज्ञा जारी

काठमाडौँ, ८ चैत । कपिलवस्तुमा शनिबार बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बीचको विवाद टुङ्गिएको छैन । मुस्लिमहरूले ईद मनाउँदै गर्दा शनिवार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको थियो ।  झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । झडपमा ३ जना घाइते भएका थिए । …