शिव शर्मा ‘स्यु शर्मा’सँग जोडिएको इतिहास संरक्षण गर्ने प्रयास

काठमाडौँ, २३ साउन । वर्षौंसम्म गरिएको खोज, वंशावली अध्ययन, स्थानीय परम्परा, स्थलगत अनुसन्धान र उपलब्ध ऐतिहासिक प्रमाणहरूको अध्ययनपछि चौलागाईं समुदायले आफ्नो पुर्ख्यौली इतिहाससँग जोडिएको दारिमबोटलाई संस्थागत रूपमा संरक्षण गर्ने पहल अघि बढाएको छ। चौलागाईं प्रतिष्ठान, केन्द्रीय कार्यसमितिले चौलागाईं समुदायका मूल पुर्खा शिव शर्मासँग ऐतिहासिक रूपमा जोडिएको दारिमबोटको आवश्यक जग्गा प्रतिष्ठानको नाममा खरिद गर्ने निर्णय गरेको हो।…