काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध सुरु र अन्त्य हुने समय फरक हुन्छ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु गरी औँसीसम्म गरिने…