काठमाडौँ, २६ कार्तिक । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरमा एक अधिवक्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि केबी छन् । पीडित पक्षले सोमबार दिएको जाहेरीका आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो । केबीले एक वर्षदेखि डरत्रास देखाई नाबालिकालाई करणी गर्दै आएको उजरीमा उल्लेख छ।…